ad ad

राजनीति


मातहतका निकायको कामप्रति गृहमन्त्री असन्तुष्ट, अनुगमन गर्न सातै प्रदेशमा समिति खटाउने

मातहतका निकायको कामप्रति गृहमन्त्री असन्तुष्ट, अनुगमन गर्न सातै प्रदेशमा समिति खटाउने

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ११:३१,

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालय मातहतका निकायको काम–कारबाहीको अनुगमनलाई तीव्रता दिने बताएका छन्। यसका लागि मन्त्रालयले सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा छुट्टा–छुट्टै अनुगमन टोलीसमेत गठन गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा शुक्रबार मन्त्री थापाले भन मातहतका काम–कारबाहीको अनुगमन तीव्र पार्ने बताएका हुन्।

मन्त्री थापाले प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको भन्दै आगामी दिनमा काम कारबाहीलाई तीव्रता दिन निर्देशन दिए।

‘अहिले कोरोनाका कारण प्रभावित भएको हुनसक्छ’, उनले भने, ‘तर सधैं हामीलाई यो छुट् छैन, प्रभावकारी नतिजा आउने गरी काम गर्नैपर्छ।’

No description available.

कतिपय कामका लागि छुट्टयाइएको बजेटको उपयोग नभएको तर कतिपय कामलाई बजेट नपुगेको देखिएको भन्दै प्रथम चौमासिकको समिक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमिकमजोरी निराकरण गर्दै योजना बनाउन समेत मन्त्री थापाले निर्देशन दिए।

उनले विकास र समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको बताए।

बैठकमा गृह मन्त्रालय अन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार व्यवस्थापन विभागलगायतका निकायले आफ्नो प्रथम चौमासिकको कार्यप्रगति पेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .