राजनीति


प्रधानमन्त्री ओलीले भने- कोरोनाविरुद्धको खोप अत्यधिक मुनाफाको माध्यम बन्‍नु हुँदैन

प्रधानमन्त्री ओलीले भने- कोरोनाविरुद्धको खोप अत्यधिक मुनाफाको माध्यम बन्‍नु हुँदैन

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ४:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन्।

शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप अध्यधिक मुनाफाको माध्यम बन्नु नहुनेमा जोड दिएका हुन्।

सम्बोधनको क्रममा ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए। ‘खोपको विकासमा प्राप्त सफलताबाट उत्सहित भएका छौँ,’ ओलीले भने, ‘धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमी प्रशंसायोग्य छ।’

कोरोना महामारीले सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भएका र महामारीको त्रासदी अकथनीय रहेको ओलीको भनाई थियो। ‘विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन, यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी पनि हो,’ सम्बोधनको क्रममा ओलीले भने।

संकटको घडीमा विश्वव्यापी समन्वय र नेतृत्वका लागि संयुक्त राष्ट्र संघ तथा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको ओलीले सराहना गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad