ad ad

राजनीति


नेकपा फुट्दैन, अझ मजबुत भएर अघि बढ्छ : झलनाथ खनाल

नेकपा फुट्दैन, अझ मजबुत भएर अघि बढ्छ : झलनाथ खनाल

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ४:३१,

सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा सोमबार १५ शय्याको अस्पताल भवन शिलान्यास गर्दै नेता खनालले नेकपा नफुट्ने दाबी गरेका हुन्।

नेकपाका सचिवालय सदस्यसमेत रहेका खनालले केही साथीहरुले बाटो बिराएको भन्दै उनीहरुलाई पार्टीको मूलधारमा फर्कन आग्रह गरे।

‘नेकपा फुट्छ र खान पाइन्छ भन्नेहरु रोटी बेल्न थालेका छन,’ खनालले भने, ‘तर त्यो सपना कुनै हालतमा पूरा हुँदैन।’ उनले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने पक्षमा आफूहरु रहेको बताए। ‘पार्टी एकढिक्का र अझ मजबुत भएर अगाडि बढ्छ। यसमा हामी प्रतिवद्ध छौँ,’ खनालले भने।

उनले आज (मंगलबार) दिउँसो बस्ने सचिवालयको बैठकले पार्टीको गतिरोध अन्त्यको लागि केही ठोस निर्णय गर्ने दाबी गरे।

कोरोना महामारीमा पनि पूर्वप्रधानमन्त्री खनाल आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका नेकपाका स्थानीय नेता कुनाल राईले बताए। खनालले आफ्नो निर्वाचन क्षेत्रमा तीनवटा आधारभूत अस्पतालको एकै दिन शिलान्यास गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .