नौसेनाको मराइन कमाण्डोज ‘मार्कोस’ सो क्षेत्रमा तैनाथ गरिनुलाई रणनीतिक हिसाबमा भारतको तीन सेनाको संयोजनको रुपमा हेरिएको छ।
गलवान उपत्यकामा गत जुन १५ मा भएको झडपयता विवादित पाङगोङ सो ताल नजिक पनि भारतले आफ्नो हवाई सेना तथा भारतीय सेनाको पारा स्पेसल फोर्स तैनाथ गरेको थियो।
यसबीचमा भारतले आफ्नो नौसेनाको फौज पनि त्यहाँ तैनाथ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
नौसेनाका कमाण्डोहरुले पाङगोङ सो तालमा संचालन गर्ने हिसाबले अब चाँडै सैन्य डुंगाहरु प्राप्त गर्ने बताइएको छ।
गलवान उपत्यकाजस्तै सीमामा रहेको पाङगोङ सो ताललाई भारत र चीनले आफ्नो भएको दाबी गर्दछन्।
भारतको यस कार्यपछि चीन खुशी नहुने विश्लेषकहरु बताउँछन्। चीनले अप्रत्याशित निर्णयहरु गर्नसक्ने अनुमान गरिएको छ।
303
Shares
प्रतिक्रिया