ad ad

कारोबार


बैंक अफ काठमाण्डूले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १०:५६,

बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारणसभा सोमबार एक समारोहको बीच सम्पन्न भएको छ।

उक्त समारोहमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ।

उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्यान्डर्डबमोजिम तयार वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ।

साधारणसभाले २०७६÷०७७ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .