राजनीति


प्रचण्डलाई ओलीको प्रश्न : बहुमतीय आधारमा महाधिवेशन गर्न म तयार छु, तपाईं हुनुहुन्छ?

प्रचण्डलाई ओलीको प्रश्न : बहुमतीय आधारमा महाधिवेशन गर्न म तयार छु, तपाईं हुनुहुन्छ?

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ११:५५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बहुमतीय आधारमा महाधिवेशन गर्न तयार हुनुहुन्छ प्रश्न गरेका छन्।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावको जवाफ दिँदै अध्यक्ष ओलीले पेस गरेको गरेको प्रतिवेदनमा यस्तो प्रश्न गरेका हुन्। सहमतिका आधारमा एकता गरिएको र बहुमत र अल्पमतमा लाग्ने हो भने प्रचण्ड नै अप्ठ्यारोमा पर्ने प्रतिवेदनमा उल्लेख गरका छन्।

‘आज तपाईले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ। कित्ताकाट गर्न थाल्नु भएको छ’, ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साविक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अंकगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो?’

अध्यक्ष ओलीले बहुमत र अल्पमतमा लाग्ने भए विधान संशोधन गर्न र एकताको आधार फेर्न आग्रह गरेका छन्। ‘ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौं’, प्रतिवेदनमा भनिएको छ, ‘मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्तर्धामा विजय हासिल गरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाई तयार हो? म त तयारै छु।’

 ‘महाधिवेशनबाट निवाचित अध्यक्षका रुपमा मेरो हैसियतमाथि समेत तपाईंले प्रश्न उठाउनु भएछ। त्यतिमात्र तर्क गरौँ, जतिमा अडिन सकिन्छ। यो तर्क गरिरहँदा तपाईं यो ठाउँमा आउनु भएको पनि तत्कालीन नेकपा (माओवादी केन्द्र) को अध्यक्षकै हैसियतले हो भन्ने नर्बिसनुस्’, प्रतिवेदनमा भनिएको छ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए। सो प्रस्तावलाई अध्ययन गरेर छलफल गर्न मंसिर ३ गते बैठक बसेको थियो तर सो बैठकमा अध्यक्ष ओलीले आफूमाथि गम्भीर खालका आरोप लगाएकोले त्यसको एक÷एक जवाफसहित दश दिनभित्र प्रतिवेदन तयार पार्न समय माग गरेपछि आज सचिवालयको बैठक बसेको हो। आजको बैठकमा अध्यक्ष ओलीले पनि ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका हुन्।

नेकपाको एकता महाधिवेशन यही चैत २५ देखि ३० सम्म गर्ने तय भएको छ।

तत्कालीन एमाले र माओवादी वादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो। एकता भएको दुईवर्षभित्र एकता महाधिवेशन गर्ने सहमति भएको थियो।

याे पनि: 

प्रचण्डलाई ओलीको जवाफ - कि आरोप पुष्टि गरेर मलाई कार्बाही गर्नुस्, कि जवाफदेही बन्न तयार हुनुहोस् (पूर्ण पाठ)

- सचिवालय बैठअघि शंकर पोखरेलले गरे यस्तो आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad