राजनीति


खनाल र नेम्वाङका योजना बाँडफाँट

खनाल र नेम्वाङका योजना बाँडफाँट

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १०:३१,

 पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु आठ करोडका कार्यक्रम जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका हुन्। खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर र गाउँपालिकामा रु चार करोड वडा संख्याका आधारमा वितरण गरिएको छ।

खनालले सबैभन्दा धेरै रकम सूर्योदय नगरपालिकालाई रु एक करोड ३५ लाख, इलाम नगरपालिकालाई रु १० लाख, माई नगरपालिकालाई रु ६८ लाख, रोङ गाउँपालिकालाई रु ६० लाख, सन्दकपुर गाउँपालिकालाई रु ६७ लाख र माईजोगमाई गाउँपालिकालाई रु ६० लाख विनियोजन गरेका छन्।

निर्वाचन क्षेत्र नं १ मा ३९ वडा रहेका छन्। वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।

नेम्वाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई रु एक करोड, देउमाई नगरपालिकालाई रु ९० लाख ५६ हजार, माई नगरपालिकालाई रु २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई रु ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई रु ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई रु ६६ लाख ६६ हजार विनियोजन गरिएको छ।

निर्वाचन क्षेत्र नं २ मा ४२ वडा रहेका छन्। वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको उपस्थितिमा बजेट विनियोजन गरिएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad