प्रदेश सभाका लागि कर्मचारीको व्यवस्था गर्न छुट्टै सेवा सुविधासहितको कर्मचारी सेवा समूह गठन गर्न पहल गरिने भएको छ।
संघीय संसद सचिवालयले आयोजना गरेको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा सो सेवा समूहको आवश्यकता रहेको निष्कर्ष निकालिएको हो।
प्रनिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल र प्रदेश सभाका सभामुखहरु र उपसभामुखहरुको दुई दिने भेलाबाट सो ठहर गरिएको संघीय संसद सचिवालयले जनाएको छ।
‘प्रदेश सभाप्रति जवाफदेही र उत्तरदायी हुने गरी कर्मचारीको व्यवस्था गर्न सेवा सुविधा–सर्त सम्बन्धी छुट्टै कानुनी व्यवस्था गरी प्रदेश सभा सेवा समुह गठनका लागि आवश्यक पहल गर्ने,’ सो भेलाको नौ–बुँदे निष्कर्षको सातौँ बुँदामा भनिएको छ।
यस्ता छन् भेलाका निष्कर्ष :



प्रतिक्रिया