वैज्ञानिकको हत्यापछि पनि इरानको परमाणु कार्यक्रमको रफ्तार भने नरोकिने उनको भनाइ छ।
यस घटनाबाट इजरायलले इरानलाई ज्यादै घृणा गर्ने विषय पुष्टि भएको रुहानीले शनिबार बताए।
यसबीचमा शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्यामा संलग्न इजरायलसँग बदला लिने इरानको विदेशमन्त्रालयले बताएको छ।
इरानले इजरायलसँग बदला लिने बताइरहँदा संयुक्त राष्ट्रसंघले संयमता अपनाउन आग्रह गरेको छ।
इरानी विदेश मन्त्रालयका अनुसार वैज्ञानिक फाख्रिजादेह चढेको कारलाई निशाना बनाएर आक्रमण गरिएको र त्यस क्रममा अंगरक्षकसँग झडप भएको थियो।
पहिले विस्फोट र त्यसपछि मेसिनगनको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका थिए। त्यस क्रममा ४ आक्रमणकारी मारिएको पनि बताइएको छ।
पश्चिमी देशका गुप्तचर संयन्त्रका अनुसार इरानले गोप्य रूपमा सञ्चालन गरेको परमाणु हतियार कार्यक्रममा वैज्ञानिक फाख्रिजादेह संलग्न थिए।
पश्चिमा मुलुकले उनलाई ‘इरानी परमाणु बमका पिता’ भन्ने गर्थे। इरानले भने परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यले सञ्चालन गरिएको दाबी गरिरहेको छ। एजेन्सी
यो पनिः परमाणु वैज्ञानिकको हत्या गर्ने देश चिनिसकेका छौं, बदला लिन्छौंः इरान
Shares

प्रतिक्रिया