कोरोना भाइरसविरुद्धको खोप उपलब्ध नहुन्जेल भारतको दिल्ली प्रदेशका विद्यालय नखोलिने भएका छन्।
भारतको केन्द्रीय राजधानी रहेको उक्त प्रदेश सरकारले खोप नआईकन विद्यालय खोल्दा बालबालिकाको जीवन जोखिम पर्ने भन्दै नखोल्ने निर्णय गरेको हो।
दिल्ली प्रदेशका उप-मुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोडियाले बुधबार भनेका छन्, ‘जहिलेसम्म खोप आउँदैन, तैलेसम्म दिल्लीका विद्यालय बन्द नै रहन्छन्।’
दिल्ली प्रदेशका सबै विद्यालय गत मार्च १६ देखि बन्द छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतका कतिपय प्रदेशले विद्यालय खोल्ने निर्णय गरे पनि दिल्ली प्रदेशले भने खोप नआउँदासम्म नखोल्ने निर्णय गरेको हो।
3
Shares
प्रतिक्रिया