ad ad

समाज


टिचिङ अस्पतालका संस्थापक निर्देशकको निधन

टिचिङ अस्पतालका संस्थापक निर्देशकको निधन

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ०:४७,

त्रिवि शिक्षण (टिचिङ) अस्पतालका संस्थापक निर्देशक प्राडा भीष्मराज प्रसाइँको ८९ वर्षको उमेरमा निधन भएको छ।

उपचारका क्रममा मेडिसिटी इन्टरनेशनल हस्पिटलमा बुधबार साँझ उनको निधन भएको हो। मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते प्रसाइँलाई अस्पताल भर्ना गरिएको थियो।

प्रसाइँ नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक मानिन्छन्। उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्यसमेत भएका थिए।

प्रसाईँका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन्। उनले भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार लगायतका पुरस्कार प्राप्त गरेका नरेन्द्रराज प्रसार्इँले जानकारी दिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .