जम्मु–कस्मिरमा जैस–ए–मोहम्मद आतंकवादी समूहको आक्रमणको विषयमा बोल्दै भारतले पाकिस्तानले आतंकवादीलाई सहयोग गर्न नहुने बताएको हो।
गत बिहीबार कस्मिरको नगरोटामा भारतीय सेनाले जैस–एक–मोहम्मद समूहको आक्रमणको योजनालाई बिफल बनाएको थियो।
संयुक्त राष्ट्रसंघले नै यस समूहलाई आतंकवादीको सूचीमा राखेको छ। भारतले यस समूहलाई पाकिस्तानको सहयोग रहेको दाबी गर्दछ। पाकिस्तानले भने भारतको दाबीहरु असत्य भएको बताउँदै आएको छ।
गत वर्षको फेब्रुअरीमा १४ मा यसै समूहले कस्मिरको पुलुवामा जिल्लामा आत्मघाती बम बिस्फोट गराउँदा ४२ भारतीय सेनाको मृत्यु भएको थियो।
भारतीय अधिकारीहरुका अनुसार बिहीबार पनि यी आतंकवादीले आक्रमणको योजना बताएका थिए। तर भारतीय सेनाले उनीहरुको प्रयास असफल बनाए। बिहीबारको कारवाहीमा ४ आतंकवादी मारिएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया