नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार १४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाका मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ।
54
Shares

प्रतिक्रिया