नेपालमा कोरोनाका भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृतयु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ।
मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ।
30
Shares

प्रतिक्रिया