राजनीति


ट्रम्पलाई इंगित गर्दै ओबामाले भनेः ह्वाइट हाउसभित्र लुक्नेलाई सेना खटाएर निकालिन्छ

ट्रम्पलाई इंगित गर्दै ओबामाले भनेः ह्वाइट हाउसभित्र लुक्नेलाई सेना खटाएर निकालिन्छ

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ८:५५,

बाइडेन आगामी जनवरी २० मा औपचारिक रुपमा अमेरिकाको ४६ औं राष्ट्रपति बन्दैछन्।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हालसम्म पनि चुनावमा व्यहोरेको हारलाई स्वीकार गरेका छैनन्।

उनले चुनावमा धाँधली भएकाले अदालतमा जाने बताइरहेका छन्। उनले मतगणना पुनः हुनेपर्ने माग पनि राखिरहेका छन्।

पुनः मतगणना गर्दा पनि ट्रम्प विभिन्न राज्यमा पराजित भएका छन्। बाइडेनले राष्ट्रपति बन्न २७० इलोक्टोरल मतभन्दा बढी भोट पाइसकेका छन्

नोभम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनमा पराजित भएका ट्रम्पले हारलाई स्वीकारेका छैनन् भने उनले ह्वाइट हाउस नछाड्ने संकेत गरिरहेका छन्।

यसबीचमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्पलाई इंगित गर्दै यदी ट्रम्प ह्वाइट हाउसबाट बाहिर निस्कन नमाने उनलाई विशेष सेना खटाएर ह्वाइट हाउस बाहिर निकाल्न सकिने बताएका छन्।

भिडियो

आफ्नो नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’को प्रचारका लागि ओबामाले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा जिमी किममेलसँग अन्तर्वार्ता दिएका थिए।

सो क्रममा जिमीले व्यंग्यात्मक रुपमा ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए,‘के हुन्छ यदी कोही ह्वाइट हाउसमा लुकिरहेका छन् भने? तपाइँले ह्वाइट हाउसमा ८ वर्ष बिताउनु भएको छ र तपाइँलाई ह्वाइट हाउसबारे सबै थाहा छ। के त्यहाँ त्यस्ता ठाउँ छन् जहाँ कोही लुक्न सकोस्?

ट्रम्पलाई व्यंग्य गरिएको यस प्रश्नमा ओबामा हाँसेका थिए। उनले उत्तरमा भनेका थिए,‘मलाई लाग्छ ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई निकाल्न हामी सँधै नेभी सिल्स पठाउन सक्छौं।’ सीबीएस न्युज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad