नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन्। सरकारले सहायकरथीद्वय सन्तोष ढकाल र सहदेव खड्कालाई उपरथीमा बढुवा गरेको हो।
सैनिक मुख्यालयको सिफारीसमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बढुवाको निर्णय गरेको हो।
ढकाल हाल पुर्वी पृतनामा कामु पृतनापति छन् भने खड्का सैनिक मुख्यालयमा रहेको सीमा हेर्ने विभागको प्रमुख छन्।
त्यसैगरी मन्त्रिपरिषदले महासेनानीहरु किरण केसी, सुनिलराज विष्ट,नवराज गुरुङ र टंक भट्टलाई सहायकरथीमा बढुवा गरेको छ।
प्रतिक्रिया