राजनीति


जब प्रचण्डले आफ्नो प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने बताए...

जब प्रचण्डले आफ्नो प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने बताए...

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १५:४३,

३९ दिनपछि बसेको नेकपा सचिवालयको बैठक जम्मा आधा घण्टा मात्र चल्यो। बैठक सुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भनाइ राखे।

त्यसपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्न सुरु गरे। उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्न भन्दै राजनीतिक प्रस्ताव पेस गरे। प्रचण्डले आफ्नो प्रस्तावमाथि स्थायी समितिमा छलफल हुनुपर्ने बताए।

लगत्तै प्रधानमन्त्री ओली बोले।

‘पार्टीभित्रको समस्या समाधान गर्न सचिवालयमा आएको कुरा यहीँ छलफल गरौं, किन स्थायी समितिमा लग्नप¥यो,’ ओलीले भने, ‘यहाँबाट सहमति जुटेन भने अन्य कमिटीमा जान सकिन्छ तर, पहिला त विषयवस्तुमा सचिवालयका सदस्यहरुसँग छलफल गरौं न।’

‘तपाईंले ल्याउनुभएको प्रतिवेदन सबैलाई अध्ययन गर्न दिऊँ, उहाँहरुको राय, सुझाव के आउँछ त्यो पनि बुझौं। अहिले स्थायी समिति बैठकको आवश्यकता छैन,’ ओलीले थपे।

त्यसपछि प्रचण्डले भदौ २६ गतेको स्थायी समिति बैठकले गरेको निर्णय र सोही निर्णयका आधारमा सबै नेता तथा कार्यकर्तालाई पठाइएको अन्तर पार्टी निर्देशिका पनि सचिवालयका सबैले पढ्नुपर्ने बताए।

सचिवालयको अर्को बैठक मंसिर ३ गते बस्नेछ।

यो पनि :
प्रचण्डको प्रस्तावको पूर्णपाठः ‘त्याग गर्न’ भन्दै मागे प्रधानमन्त्रीको राजीनामा
यस्तो छ ओलीको पत्र र प्रचण्डको जवाफ (पूर्णपाठ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad