राजनीति


मन्त्री अर्यालद्वारा स्याङ्जाका विकास निर्माण आयोजनाहरुको निरीक्षण

मन्त्री अर्यालद्वारा स्याङ्जाका विकास निर्माण आयोजनाहरुको निरीक्षण

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १२:२२,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका विकास निर्माणका आयोजनाहरुको निरीक्षण गरेका छन्।

मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरीक्षण गरिन्। उनले वालिङ, सुर्कौंदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरीक्षण गरिन्।

कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरीक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीति रहेको मन्त्री अर्यालले बताइन्।

स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाई छ।

त्यस्तै वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन्। डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पुर्याउन छिट्टै योजना ल्याउने प्रतिवद्धता जनाइन्।

यसैगरी मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरीक्षण गरेकी हुन्। मन्त्री अर्यालले चापाकोटको सिटि हल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरीक्षण गरेकी छन्।

चापाकोटमा ३०० जना क्षमताको सिटिहल निर्माणाधीन अवस्थामा रहेको छ। बहुवर्षीय योजना अन्र्तगत सिटी हल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७/०७८ मा १ करोड गरी ३ करोड रकम निकासा भइसकेको छ।

सिटी हल २०७७ फाल्गुन २१ गते भित्र भ्याट बाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो। कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुने भएको छ।

अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधि प्रवृत्ति भएको बताइन्। यो वर्ष कोरोनाको संक्रमणका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारेपनि अब कोरोनासँग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने बताइन्।

यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गरेकी थिइन्। कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad