ad ad

राजनीति


भारत र चीनबीच सीमाबाट सेना पछि हटाउने, नयाँ संरचना भत्काउने प्रस्तावमा छलफल हुँदै

भारत र चीनबीच सीमाबाट सेना पछि हटाउने, नयाँ संरचना भत्काउने प्रस्तावमा छलफल हुँदै

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १६:६,

लद्दाखस्थित सीमामा तनाव चर्केको ६ महिनापछि भारत र चीनबीच सहमतिको संकेत देखा परेको छ।

दुई मुलुकबीच सैनिकलाई पछि हटाउने, मेयता बनाइएका संरचना भत्काउने लगायतका विषयमा छलफल भइरहेको सरकारी स्रोतहरुलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यस्तै, लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)बाट ट्यांकलगायत हतियार हटाउने सहमति पनि हुन सक्नेछ।

दुई मुलुकका सैन्य कमान्डरहरुबीचको आठौँ चरणको वार्तापछि यस्तो खबर बाहिरिएको हो।

तर, चिनियाँ सरकारी सञ्चारमाध्यमले भने यो खबर झुठो भएको बताएको छ।

ग्लोबल टाइम्सले सरकारी स्रोतलाई उधृत गर्दै यो खबर ‘गलत’ भएको र यसले ‘दुवै पक्षलाई आफ्नो उदेश्यमा पुग्न सहयोग नगर्ने’ बताएको छ।

‘चीनलाई दबाब दिन र तिहारअघि भारतीयहरुलाई आश्वस्त तुल्याउन’ भारतले यस्तो समाचार सार्वजनिक गरेको हुनसक्ने सिङ्हुवा विश्वविद्यालयस्थित नेसनल स्ट्राटेजी इन्स्टिच्युटका निर्देशक च्याओ फेङले बताएका छन्।

गत मे महिनामा पाङगोङ तालको किनारमा दुई मुलुकबीच झडप भएपछि भारत–चीन सम्बन्ध चिसिन थालेको थियो।

जुन १५ मा एलएसीमा भएको झडमा २० भारतीय सैनिकको ज्यान गएको थियो। बीचमा भारतीय नियन्त्रणमा रहेको करिब ३ सय वर्गकिमी भूभाग चीनले नियन्त्रणमा लिएको समाचार पनि सार्वजनिक भएको थियो। एजेन्सी

यो पनिः
भारत–चीन विवादः सिमानामा तैनाथ सेना र हतियार कसको बढी शक्तिशाली?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .