राजनीति


नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगे प्रधानमन्त्री ओली

नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगे प्रधानमन्त्री ओली

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ५:३०,

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।

बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत प्रधामन्त्री ओली किमाथांकामा पुगेका हुन्।

प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदद्वय राजेन्द्र गौतम र परशुराम मेघी गुरुङ लगायतको टोली रहेको छ।

प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

त्यस्तै प्रधानमनत्री ओलीले प्रधानमन्त्री ओलीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad