राजनीति


बिहार विधानसभा निर्वाचनमा मोदी नेतृत्वकै गठबन्धनलाई बहुमत, आरजेडी बन्याे सबैभन्दा ठूलो दल

बिहार विधानसभा निर्वाचनमा मोदी नेतृत्वकै गठबन्धनलाई बहुमत, आरजेडी बन्याे सबैभन्दा ठूलो दल

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १:४५,

भारतको बिहार विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत ल्याएको छ।

मंगलबार राति अबेर सम्पन्न मतगणनाअनुसार २ सय ४३ सिटमध्ये सत्तारूढ गठबन्धनले १ सय २५ सिटसहित बहुमत प्राप्त गरेको हो।

राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको विपक्षी महागठबन्धनले १ सय १० सिट मात्रै जितेको छ। यसैगरी एआईएमआईएमले ५, लोजपा र बसपाले एक/एक तथा स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्।

त्यहाँको निर्वाचन आयोगका अनुसार सत्तारूढ एनडीएमा आबद्ध भाजपाले ७४ सिट, जनता दल युनाइटेडले ४३ सिट, विकासशील इन्सान पार्टी (भीआईपी) र हिन्दुस्तानी अवाम मोर्चाले ४/४ सिटमा विजय हासिल गरेका छन्।

यस्तै विपक्षी महागठबन्धनमा रहेका राष्ट्रिय जनता दलले ७५, कांग्रेसले १९, भाकपा र माकपाले २–२ सिट जितेका छन्।

७५ सिट जितेर आरजेडी बिहारको सबैभन्दा ठूलो पार्टी बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad