अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकले अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतिको चुनावमा धाँधली नभएको जनाएका छन्।
अमेरिकाका वर्तमान राष्ट्रपति डाेनाल्ड ट्रम्पले निर्वाचन तथा मतदानमा धाँधली भएकाे भन्दै जाे बाइडेनकाे विजय अस्वीकार गरिरहेका बेला १३ मुलुकका २८ विज्ञ एवं पर्यवेक्षकले त्यस्ताे केही नभएकाे जानकारी गराएका हुन्।
उनीहरुले अमेरिकाका जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको निर्वाचन गतिविधि अनुगमन गरेका थिए। चुनाव शान्तिपूर्ण तथा हुलाकबाट प्राप्त मतपत्र पनि निकै सुरक्षित र व्यवस्थित ओएएसले जनाएको छ। काेराेना महमारीका कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको पनि पर्यवेक्षकले बताएका छन्।
पर्यवेक्षणका क्रममा चुनावमा कुनै धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजुरी दिन भने सक्ने पनि ओएएसले जनाएको छ। एजेन्सी
Shares

प्रतिक्रिया