राजनीति


घुस लिने पेरुका राष्ट्रपति भिजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित, पदबाट हटाइए

घुस लिने पेरुका राष्ट्रपति भिजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित, पदबाट हटाइए

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १०:२८,

राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा महाभियोग लगाइएको थियो।

करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो।

महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उनको विपक्षमा मतदान गरेपुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो।

त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ।

यसैबीच भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिएका थिए। उनले आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गरेका छन्।

उनका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उनको पक्षमा नाराबाजी गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad