ह्वाइट हाउस प्रवेश गर्नका लागि बाइडेनले २७० भन्दा बढी इलेक्टोरल भोट पाइसकेका छन्।
राष्ट्रपति बन्ने पक्का भएपछि बाइडेनले विशेष टोलीको गठन गरिसकेका छन्। उनको टोलीले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने जानकारी दिएको छ।
बाइडेनको टोलीका अनुसार अमेरिकामा कोरोना भाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ।
“We believe these people are thieves. The big city machines are corrupt. This was a stolen election. Best pollster in Britain wrote this morning that this clearly was a stolen election, that it’s impossible to imagine that Biden outran Obama in some of these states.
— Donald J. Trump (@realDonaldTrump) November 8, 2020यस्तै बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
तर ट्रम्पले भने बाइडेनले धाँधली गरेर चुनाव जितेको बताइरहेका छन्। उनले वैध मत मात्र गन्दा आफूले चुनाव जित्ने बताउँदै यस विषय अदालतले फैसला गर्ने बताएका छन्।
ट्रम्पकी पत्नी मलेनिया ट्रम्पले समेत वैध मत मात्र गणना हुनुपर्ने बताएकी छिन्। आफ्ना प्रतिनिधिहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएको पनि ट्रम्पको आरोप छ। बीबीसी
THE OBSERVERS WERE NOT ALLOWED INTO THE COUNTING ROOMS. I WON THE ELECTION, GOT 71,000,000 LEGAL VOTES. BAD THINGS HAPPENED WHICH OUR OBSERVERS WERE NOT ALLOWED TO SEE. NEVER HAPPENED BEFORE. MILLIONS OF MAIL-IN BALLOTS WERE SENT TO PEOPLE WHO NEVER ASKED FOR THEM!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020
प्रतिक्रिया