राजनीति


अजरबैजान भन्छ: अर्मिनियासँगको युद्धमा हामीले नागोर्नाे-काराबाखको महत्वपूर्ण सहर कब्जा गर्‍यौं

अजरबैजान भन्छ: अर्मिनियासँगको युद्धमा हामीले नागोर्नाे-काराबाखको महत्वपूर्ण सहर कब्जा गर्‍यौं

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ०:१४,

अजरबैजानका राष्ट्रपतिले नागोर्नाे–काराबाखको एउटा महत्वपूर्ण सहर कब्जा गरेको दाबी गरेका छन्।

आइतबार टेलिभिजनमार्फत अजरबैजानका राष्ट्रपति इलहाम अलियेबले सुसा नामको सहर आफ्ना सेनाले कब्जा गरेकाे दाबी गरेका हुन्।

अर्मिनिया भाषामा उक्त सरहरलाई सुसी भन्छन्। तर अर्मिनियाले अजरबैजानको कब्जा दाबी अस्वीकार गरेकाे छ र लडाइँ जारी रहेको जनाएको छ।

विवादित क्षेत्रमा जारी युद्धबीच यो सहर कब्जाकाे दाबी अजरबैजानका लागि रणनीतिक हिसाबसले महत्वपूर्ण हुन सक्छ।

नागोर्नाे-काराबाख १ हजार ७ सय वर्ग माइल क्षेत्रमा फैलिएकाे हिमाली क्षेत्र हाे। जुन क्षेत्र साेभियत संघ विघटन हुनुअघि स्वायत्त थियाे र अजरबैजानकाे एक भाग थियाे।

जहाँ परम्परागत रूपमा इसाई अर्मिनियाली र टर्की मुसलमान बसाेबास गर्छन्।

यस क्षेत्रकाे स्वामित्वतका लागि अर्मिनिया र अजरबैजानबीच तीन दशकअघि युद्ध जारी छ। यसबीच युद्धविराम त गरिएकाे थियाे तर सेप्टेम्बरदेखि दुई देशबीच फेरि युद्ध सुरु भएकाे हाे। यसमा एकअर्कालाई दाेष दिइरहेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad