राजनीति


पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १०:४०,

पूर्वसांसद वीरबहादुर लामाको आज बिहान ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ।

मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामाको निधनप्रति दुःख व्यक्त गरिएको छ।

मञ्चका आजीवन सदस्यसमेत रहेका लामाको निधनप्रति दुःख प्रकट गर्दै मञ्चले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै, मञ्चले स्व लामाको परिवारजनप्रति धर्यधारण गर्ने क्षमता प्रदान भनी समवेदना प्रकट गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad