राजनीति


लिखित रुपमै सचिवालय बैठक माग भएपछि ओलीले नेपाललाई बालुवाटार बोलाए

लिखित रुपमै सचिवालय बैठक माग भएपछि ओलीले नेपाललाई बालुवाटार बोलाए

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ९:१७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिँदै जाँदा अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग वार्ताका लागि नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई लिएर नेता नेपाल बालुवाटार गएका हुन्।

प्रधानमन्त्रीको सचिवालयले आइतबार बिहान प्रधानमन्त्रीले छलफल गर्न चाहेको बताएपछि नेता नेपाल आफू निकट तीन स्थायी कमिटिका सदस्यका साथ बालुवाटार गएको स्रोतले बतायो।

प्रधानमन्त्री ओली र नेता नेपालबीच दिउँसो १ बजेबाट छलफल शुरु भएको नेता नेपाल निकट स्रोतले जनाएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच सदस्यले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालयको बैठक बोलाउन माग गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले नेपाललाई भेट्न बोलाएका हुन्।

बालुवाटार जानुअघि नेता नेपालले कार्यकारी अध्यक्ष प्रचण्डसँग टेलिफोनमा छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad