सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गर्न प्रस्ताव गरेका हुन्।
उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने बताए।
‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम’, सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 8, 2020नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपस्ताका नेताहरुकाे वाहुल्यता रहनेगरी सचिवालयकाे पुनर्गठनबाट सुरुगराै।कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।

प्रतिक्रिया