राजनीति


डोनाल्ड ट्रम्प भन्छन् : नजिता नआउँदै बाइडेनले आफूलाई हतारहतार विजेता घोषणा गरेका छन्, म स्वीकार गर्दिनँ

डोनाल्ड ट्रम्प भन्छन् : नजिता नआउँदै बाइडेनले आफूलाई हतारहतार विजेता घोषणा गरेका छन्, म स्वीकार गर्दिनँ

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार २३:५९,

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेनले जितेको कुरा अस्वीकार गरेका छन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सबैलाई थाहा छ, बाइडेनले हतारहतार गलत तरिकाले आफूलाई विजेता भनिरहेका छन्, मिडियामा उनका समर्थक उनलाई मद्दत गर्न किन यति कोसिस गरिरहेका छन्, उनीहरू चाहँदैनन् कि सत्य थाहा होस्।’

‘सीधा कुरा के हो भने चुनाव अझै सकिएको छैन। जो बाइडेन अझै कतिपय राज्यमा विजयी घोषित भइसकेका छैनन्। कतिपय राजयमा मत पुनः गणना हुनेवाला छ। यस्ता राज्य पनि छन्, जहाँ हाम्रो टोलीले कानुनी कदम चालेका छन्,’ उनले विज्ञप्तिमा भनेका छन्।

याे पनि :  अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad