ad ad

राजनीति


म राजीनामा गर्दिनँ, अहिले मन्त्रीपरिषद पुनर्गठन पनि हुँदैनः प्रधानमन्त्री

म राजीनामा गर्दिनँ, अहिले मन्त्रीपरिषद पुनर्गठन पनि हुँदैनः प्रधानमन्त्री

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार १५:५६,

सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एपी वन टीभीलाई शनिबार राति अन्तर्वार्ता दिएका छन्। अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बताएका मुख्य बुँदाहरू :

– दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याउन सकिने अवस्था थिएन। त्यसैले दुई वर्ष पर्खने काम भयो र त्यो अवधी पुग्ने बित्तिकै तयारी गरियो। बीचमा सहमति गरियो तर त्यो टाइम वाइ गर्नका लागि मात्रै भयो।

– गुटगत बैठक कति बसिरहेका छन्? केपी ओली हट्दैछन् हटाइन्छ भन्ने सन्देश दिएर अस्थिरता सिर्जना गर्न खोजिएको छ।

– म राजीनामा गर्दिन। सरकार परिवर्तन हुँदैन। मन्त्रीपरिषद पुनर्गठनको सम्भावना पनि अहिले छैन।

– को सँग भेट्ने को सँग नभेट्ने भन्ने होइन। भेट (रअका प्रमुख सामन्त गोयल) सँगको भेटमा परराष्ट्रका प्रतिनिधि वा को को राखिएको छ अहिले भनिरहनु परेन।

– दूतले कुनै निर्णय दिँदैन, उताको कुरा यता ल्याउँछ, यताको उता सुनाउँछ। वार्ता अवरुद्ध भएको थियो, त्यो तोडिएको छ।

– उहाँहरू (प्रचण्डसहित) कतिपयले झगडा नगरौं बरु मिल्न नसकिने हो भने आफ्नो आफ्नो गरौं भन्नु भएको थियो।

– अध्यक्षहरूको परामर्शमा महासचिवले बैठक बोलाउने हो। कसैले बाटोमा हिंड्दा हिंड्दै बैठक बोलाउन भन्यो भनेर बैठक बस्दैन।

– गुटगत बैठक बस्नु र झुटा कुरा ब्रिफिङ गर्नु र पार्टीलाई अप्ठेरोमा पार्न खोज्नु राम्रो होइन।

– हिजोको गुटगत बैठक अनुचित हो। त्यसरी गुटगत बैठक गरेर अनुचित माग लिएर आउने गलत कुरा हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .