राजनीति


पेन्सभेनियामा ट्रम्पभन्दा बाइडेन २० हजार मतले अगाडि, जिते भने राष्ट्रपति हुने पक्का

पेन्सभेनियामा ट्रम्पभन्दा बाइडेन २० हजार मतले अगाडि, जिते भने राष्ट्रपति हुने पक्का

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार २:३०,

अमेरिकामा जारी राष्ट्रपति चुनावकाे मत गणनाअन्तर्गत यतिबेला सबैको नजर पेन्सभेनियामा छ।

जुन राज्यको  सबै मत परिणाम अझै आइसकेको छैन। त्यहाँ सबैभन्दा बढी इलेक्टोरल कलेज भोट छ।

यहाँ जो बाइडेनले अग्रता लिइरहेका छन्। यसमा उनले जिते भने राष्ट्रपति पद जित्न आवश्यक २७० इलेक्टोरल मत प्राप्त गर्छन्।

यहाँ डाेनाल्ड ट्रम्पभन्दा बाइडेन २० हजार मतले अगाडि छन्। बाइडेन फेरि मत गन्नुपर्ने अवस्थाबाट बचे भने उनको फराकिलो जित हुने पक्का छ। 

बीबीसीका अनुसार त्यहाँ अहिले एक लाखभन्दा बढी पोस्टल मत (हुलाकबाट दिइएको मत) र अझ ठूलो संख्यामा प्रोभिजनल भाेट गन्न बाँकी छ। 

याे पनिबाइडेनलाई ट्रम्पको चेतावनी : नतिजा नआउँदै आफूलाई विजेता घोषणा नगर, कानुनी प्रक्रिया भर्खर सुरु भएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad