राजनीति


टेलिफोनमा नभेट्ने भनेका प्रचण्ड ओलीलाई भेट्न बालुवाटारमा

टेलिफोनमा नभेट्ने भनेका प्रचण्ड ओलीलाई भेट्न बालुवाटारमा

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ७:४५,

सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला पाँच दिनपछि ओली–प्रचण्डबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीसँग छलफलका लागि बिहीबार बिहान साढे ११ मा प्रचण्ड बालुवाटार गएका हुन्।

शनिबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई अध्यक्षबिच शक्ति संघर्ष चर्किएको थियो।

ओलीले बुधबार प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए। बुधबार नै ओलीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बाद नपार्ने बताएका थिए।

यी अभिव्यक्तिपछि दुई अध्यक्ष पहिलोपटक छलफलमा बसेका हुन। ‘उहाँहरु अहिले छलफलमा हुनुहुन्छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘पार्टी बैठक बोलाउने कि पहिला दुई अध्यक्ष सहमति गर्ने भन्ने विषयमा छलफल हुन्छ।’

यसअघि सोमबार साँझ टेलिफोनमा प्रधानमन्त्री ओलीले नेकपाको विवाद दुई अध्यक्षबीच सहमति गरेर मिलाउने गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका थिए।

प्रधानमन्त्री ओलीले पहिला दुई अध्यक्ष बसेर सहमति गर्ने र त्यसपछि सचिवालय बसेर निर्णय गर्ने प्रस्ताव गरे पनि प्रचण्डले सबै सहमति विधि र प्रक्रिया नमिची पार्टीबाटै गर्ने जवाफ दिएको स्रोतले बतायो।

राजदूत र तीन मन्त्री नियुक्ती एकलौटी गरेको कर्णाली विवाद, भारतीय रअ प्रमुखसंग बालुवाटारमा एक्लै गरेको ३ घन्टा छलफल लगायत विषयमा ओली र प्रचण्डबीच विवाद चुलिएको थियो ।

याे पनि  :  टेलिफोनमा ओलीको प्रस्ताव प्रचण्डले फेरि अस्वीकार गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .