ad ad

राजनीति


कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वलाई दबाब

कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वलाई दबाब

नेपालखबर
साउन १२, २०७६ आइतबार ११:३६,

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेन्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेन्डाको रुपमा छलफल हुँदै आएको छ। केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन्। केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्देै विधानविपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन्।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भए पनि निष्कर्षमा भने पुगिनसकिएको बताए।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए। उनले संक्रमणकालिन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बित गरेर विधानविपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए।

असार २२ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ। बैठकमा पेश भएका १४ वटा एजेन्डामध्ये नियमावलीको एजेन्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमति पूर्वक टुंग्याउने गरि नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाईसकेको छ।

प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेन्डामा संयुक्त छलफल गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .