राजनीति


चीनले तिब्बत जोड्ने दोस्रो रेलमार्ग निर्माण सुरु गर्दै, ४८ अर्ब डलर खर्च लाग्ने

चीनले तिब्बत जोड्ने दोस्रो रेलमार्ग निर्माण सुरु गर्दै, ४८ अर्ब डलर खर्च लाग्ने

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १०:४०,

चीनले तिब्बत जोड्ने दोस्रो रेलमार्ग निर्माण सुरु गर्ने भएको छ। यो रेलमार्ग सिचुवान प्रान्तको याअनबाट तिब्बतको निङ्छीसम्म १ हजार ११ किलोमिटर लामो हुनेछ।

यसअघि सन् २००६ देखि नै छिङहाई–तिब्बत रेलमार्ग सञ्चालनमा छ।

सिचुवान–तिब्बत रेलमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण छ। यो रेलमार्ग भारतको नियन्त्रणमा रहेको अरुणाचल प्रदेशनजिकै भएर जानेछ। चीनले भने अरुणाचल प्रदेशलाई मान्यता दिएको छैन। सो भूमिमाथि चीनले दाबी गर्दै आएको छ।

चाइना रेल्वेले यो परियोजनाका केही ठेक्का घोषणा गरेको छ।

यो रेलमार्ग निर्माण सम्पन्न गर्न एक दशक लाग्ने जनाइएको छ। सन् २०३० मा यो परियोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसका लागि करिब ४८ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।

सिचुवान प्रान्तमा ८ करोड बढी जनसंख्या छ भने तिब्बतमा ३५ लाख मात्र। त्यसैले यो परियोजना आर्थिक रुपले फलदायी नहुनसक्ने चिन्ता केहीले व्यक्त गरेका छन्।

यद्यपि यसले तिब्बतको पर्यटन भने बढाउने अपेक्षा गरिएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad