नेपाल वायु सेवा निगमले २६ वर्षदेखि प्रयोग गर्दै आएको सफ्टवेयर परिवर्तन गरेको छ। निगमले सिटा फ्लाइट प्लानिङ सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीको सफ्टवेयर लागू गरेको हो।
निगमले प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकूल सुधार गर्दै एयरबस कम्पनीले विकास गरेको नेभ्ब्लु फ्लाइट प्लानिङ (एन–एफपी) लागू गरेको बताएको छ।
एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटम, रेम प्रिडेक्सन, ओभर फ्लाई चार्जेस, रुट एण्ड फ्उिल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरु रहेका छन्।
नयाँ सफ्टवेयरले निगमको ३० प्रतिशत खर्च समेत बचत हुने दाबी गरिएको छ।


प्रतिक्रिया