राजनीति


कुमार पौडेल ‘मृत्यु प्रकरण’ छानबिन नभएसम्म संसद अवरोध गर्ने चेतावनी

कुमार पौडेल ‘मृत्यु प्रकरण’ छानबिन नभएसम्म संसद अवरोध गर्ने चेतावनी

नेपालखबर
साउन १२, २०७६ आइतबार ८:५१,

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानबीन गर्न संसदीय समिति बनाउन सरकारलाई दवाव दिएका छन्।

संयोजक यादवले सर्लाहीमा भएका सो मृत्युको घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरे भोली (सोमबार) बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी समेत दिए।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैर न्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानबिनन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाई नभए भोली (सोमबार) बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने निर्णय गरिएको स्पष्ट पारे।

नेत्रविक्रम चन्द समूहका सर्लाही ईन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यस अघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए। संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान पनि दोहो-याए।

संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताए। उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad