ad ad

राजनीति


बालुवाटारमा प्रचण्डले ओलीलाई भने : अबको छलफल सचिवालयमै गरौँ

बालुवाटारमा प्रचण्डले ओलीलाई भने : अबको छलफल सचिवालयमै गरौँ

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १०:१३,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्।

१२ दिनदेखिको संवादहीनता तोड्दै शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका प्रचण्डले एक्लाएक्लै छलफल भन्दा सचिवालयकै बैठक बोलाउन प्रस्ताव राखेका हुन्।

‘तत्काल सचिवालय बैठक राखेर पार्टीभित्रका विवाद लगायतमा छलफल गरौं’, प्रचण्डले ओलीसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले नेपालखबरसँग भन्यो।

प्रचण्डको कुरामा ओलीले कुनै प्रतिक्रिया नजनाएको स्रोतले जनायो।

आजको बैठकमा प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल भेटवार्ता, पर्सामा कार्यकर्ता हत्या प्रकरण, कर्णाली प्रदेशमा देखिएको विवाद, पार्टी एकताका बाँकी काम र कोरोनाको महामारीका विषयमा छलफल भएको स्रोतले बतायो।

‘दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद, पर्साका जिल्ला नेता महेश चौरसियाको हत्यारालाई कारबाही गर्नेदेखि भारतीय गुप्तचरको नेपाल भ्रमणसम्मका विषयमा छलफल भयो’, स्रोतले भन्यो, ‘अब सचिवालय बैठक  बसेर यी विषयमा छलफल गरेर निर्णयमा पुगौँ भन्ने सहमति भएको छ।’ उनले सचिवालय बैठकको मिति भने तय नभइसकेको जानकारी दिए।

यसअघि पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि सचिवालय बैठक डाक्न माग गरेका थिए।

 राजदूत नियुक्ति, मन्त्री नियुक्ति एकलौटी गरेको, कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन उक्साएको, पर्साका जिल्ला नेता महेश चौरसियाको हत्यारालाइ पक्राउ गर्न रोकेको लगायतको विषयमा नेकपाभित्र नयाँ विवाद बढ्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .