नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार २७९ पीसीआर परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।
यो कूल संक्रमितको ७६.९ प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १७ जनाको ज्यान गएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
57
Shares
प्रतिक्रिया