राजनीति


प्रतिस्पर्धी बाइडनलाई चीनसँग जोडेर ट्रम्पले लगाए गम्भीर आरोप

प्रतिस्पर्धी बाइडनलाई चीनसँग जोडेर ट्रम्पले लगाए गम्भीर आरोप

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ३:३६,

अमेरिकामा राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारबीच आरोप प्रत्यारोप तीव्र बनेको छ।

संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन्। ट्रम्पसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडनले प्रतिस्पर्धा गर्दैछन्।

निर्वाचन आउन एक साता बाँकी हुँदा ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा प्रतिस्पर्धी बाइडनलाई चीनसँग जोडेर भ्रष्ट व्यक्ति भएको आरोप लगाएका छन्।

‘जो बाइडन एक भ्रष्ट राजनीतिज्ञ हुन्। ऊ तपाईको रोजगार चीनमा पठाउन चाहन्छन्,’ ट्रम्पले भनेका छन्, ‘उनको परिवारले चिनियाँ कम्युनिष्ट पार्टीबाट लाखौं कमाएको छ।’

 

उनले आफ्नो नेतृत्वमा अमेरिकाले इतिहासमै सबैभन्दा सुरक्षित बोर्डर प्राप्त गरको दाबी गर्दै आएका छन्।

प्रतिस्पर्धी बाइडनलाई पागलको संज्ञा दिँदै ट्रम्पले भनेका छन्, ‘मेरो विपक्षीको पागल आप्रवासन योजनाले देशव्यापी क्याच एन्ड रिलीज कार्यान्वयन गरेर अमेरिकाको सिमाना पूर्ण रूपमा हटाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad