राजनीति


नेता नेपालले भने- कोरोनाको डर छ, दसैंको टीका एउटा परिवारभित्र मात्रै

नेता नेपालले भने- कोरोनाको डर छ, दसैंको टीका एउटा परिवारभित्र मात्रै

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १:३,

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यस वर्ष दसैंको टीका थाप्न बाहिर कतै नजाने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले कोरोना संक्रमणको कारण कोटेश्वर निवासभित्रको टीका कार्यक्रममा मात्रै सहभागी हुने जानकारी गराएका हुन्।

दसैं कोरोना महामारीको समयमा परेको भन्दै नेता नेपालले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै कोटेश्वर निवास भित्रका परिवार बाहेक अन्य कुनै पनि टिकामा सहभागी नहुने बताएका हुन्।

‘वडा दसैं २०७७ को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना’ ट्विटरमा उनले लेखेका छन्, ‘यस पटकको दसैं कोरोना महामारीको समयमा परेकोले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै कोटेश्वर निवास भित्रका परिवार बाहेक अन्य कुनै पनि टीकामा सहभागी नहुने कुरा सम्बन्धित सबैलाई विनम्रतापूर्वक जानकारी गराउँदछौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad