समाज


कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ०:४१,

कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ६३ पुगेको छ।

अहिलेसम्म कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीन तीन तथा म्याग्दीका दुई जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो समय कोभिड-१९ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका –१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो।

त्यसैगरी पोखरा– २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

पोखरा– ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित निमोनिया, उच्च रक्तचाप र मधुमेहकोसमेत समस्या रहेको चिकित्सकले बताएका छन्।

त्यसैगरी पोखरा– १५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad