ad ad

राजनीति


कोरोना पुष्टि भएका बागमतीका मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

कोरोना पुष्टि भएका बागमतीका मुख्यमन्त्री पौडेललाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ९:५५,

कोरोना संक्रमण पुष्टि भपछि होम आइसोलेसनमा बसेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ।

 बिहीबार मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको थियो।

 मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो।

उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ। संयोजक दाहाल मुख्यमन्त्री पौडेलमा अहिले कुनै गम्भीर समस्या नभए पनि केही समय पहिले मुटुको अप्रेसन गरिएका कारण थप सावधानी अपनाउनका लागि ल्याइएको जानकारी थिए।

पछिल्लो केही  दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .