राजनीति


रअका प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग राति भेटेको पुष्टि

रअका प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग राति भेटेको पुष्टि

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ७:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधबार साँझ भेट गरेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो,’ थापाले प्रेस नोट जारी गर्दै भनेका छन्।

बुधबार राती बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग डेढ घण्टा भेटवार्ता गरेका रअका प्रमुख गोयल बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्केका छन्।

‘गोयलसहित तीन जनाको टोलीले प्रधानमन्त्री ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेको छ’, एक जना सुरक्षा अधिकारीले नेपालखबरसँग भने, ‘बुधबार राती १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार छिरेको गोयलको टोली ११ बजेर ४५ मिनेटमा बाहिरिएको थियो।’

रअका प्रमुख गोयल, उनीसँगै आएका अरुण जैन र अर्का एक जनासहित तीन जनासँग भएको भेटमा प्रधानमन्त्री ओली एक्लै थिए।

कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे बिहीबार बिहान उनी दिल्ली फर्कनु अघिसम्म सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका थिएनन्।

RAW PM Meeting SuryaThapa

यस्तो छ, प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटः
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ।

उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।

भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
६ कात्तिक २०७७

यो पनिः
राती बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .