समाज


पाकिस्तानमा सेना र प्रहरीबीच नै गोली हानाहान, दश जनाको मृत्यु

पाकिस्तानमा सेना र प्रहरीबीच नै गोली हानाहान, दश जनाको मृत्यु

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ७:१२,

कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्।

सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो।

दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो।

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट पिडिएमको अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो।

अधिकारीहरुका अनुसार सिन्धका प्रहरी अधिकृतले त्यहाँका राजनीतिक नेता गिरफ्तार गर्न नमानेपछि सेनाले प्रहरी अधिकृतलाई नै नियन्त्रणमा लिने प्रयास गरेका थिए।

पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ। कराँचीमा आयोजित जुलुमा हजारौंले भाग लिएका थिए।

जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज पिएमएल–एनका नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ।

पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .