राजनीति


कर्णाली प्रदेशबारे बालुवाटारपछि खुमलटारको अर्को विज्ञप्ति : भ्रममा नपर्नुहोस्, कुनै निर्णय भएको छैन

 कर्णाली प्रदेशबारे बालुवाटारपछि खुमलटारको अर्को विज्ञप्ति :  भ्रममा नपर्नुहोस्, कुनै निर्णय भएको छैन

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १३:०,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका लागि दुई अध्यक्षबीच चार बुँदे सहमति भएकाे भन्ने विज्ञप्ति सार्वजनिक गरेकाे केही समयमै अध्यक्ष प्रचण्डको सचिवालयले अर्को विज्ञप्ति सार्वजनिक गरेको छ।

मंगलबार दिउँसो सल्लाहकार थापाले एक विज्ञप्ति प्रकाशित गर्दै कर्णाली प्रदेशका विषयमा दुई अध्यक्षबीच चार बुँदे सहमति भएको जानकारी दिएका दिए।

उनले मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको जानकारी दिएका थिए।

त्यसलगत्तै अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै दुई अध्यक्षबीच मंगलबार बिहान कर्णालीको विषयमा छलफल भए पनि निर्णय भने नभएको जानकारी दिए।

उनले छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाब दिने समझदारी भएको जानकारी दिएका छन्। उनले यसबारे भ्रममा नपर्न सबैमा आग्रह समेत गरेका छन्।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो। यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ।’

याे पनि  : कर्णालीका मुख्यमन्त्रीले गरेका निर्णय बालुवाटारबाट बदर, अध्यक्षद्वयका यी चार निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad