राजनीति


कांग्रेस सांसदले पाउने ४३ लाख दसैँ भत्ता कोरोना उपचार कोषमा जम्मा हुने

कांग्रेस सांसदले पाउने ४३ लाख दसैँ भत्ता कोरोना उपचार कोषमा जम्मा हुने

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ९:१,

नेपाली कांग्रेसले दसैँ भत्ता वापत सांसदहरुलाई वितरण गरिएको पैसा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएको छ।

कांग्रेस पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई प्राप्त हुने कूल रकम ४३ लाख २० हजार ८ सय १० रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जनाएका छन्।

‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाणले भनेका छन्, ‘उक्त रकम वापत हुन आउने ४३ लाख २० हजार ८ सय १० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad