समाज


लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित

लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ८:५१,

लोकसेवा आयोगले निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

आयोगले सोमबार सूचना प्रकाशित गरी यही कात्तिक १६ गतेदेखि गर्न लागिएको निजामती, सुरक्षा एवं संगठित संस्थाका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ।

‘हाल मिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भय एवं आयोगका कर्मचारीहरुसमेत कोरोना भाइरसबाट सक्रंमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नुपरेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशमि खटाउन एवं परीक्षा व्ज्यवस्थापन गर्न समस्या भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएको’ आयोगको सूचनामा उल्लेख छ।

आयोगले केही दिन अघि कोरोना संक्रमित व्यक्तिलाई परीक्षामा सामेल नगर्ने जनाएको थियो। तर, सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो।

लोकसेवा आयोगकाे सूचना:

Loksewa-notice.JPG

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad