पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना महामारीमा जनताको ख्याल नगर्ने केपी ओली सरकार हटाउनु पर्ने बेला आएको बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ‘रिमुभ केपी ओली’ अर्थात् केपी ओलीलाई हटाउँ भनी आह्वान गरेका छन्।
उनले जनतालाई कोरोना उपचार खर्च आफै व्यहोर, वेहोस भए मात्रै अस्पताल जाऊ, वेरोजगार श्रमिक रूँदै गाऊँ फर्क, भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क भन्ने सरकार किन चाहियो भनी प्रश्न गरेका छन्।
त्यसैगरी उनले सरकारलाई महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर र आसेपासेहरूलाई भने कमिसन र भत्ता डकार भन्ने गरेको आरोप लगाएका छन्
‘यस्तो सरकार किन चाहियो?’ उनले भनेका छन्।
कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क!भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार!यस्तो सरकार किन चाहियो?#RemoveKPOli
— Baburam Bhattarai (@brb1954) October 19, 2020

प्रतिक्रिया