ad ad

राजनीति


कर्णाली प्रदेशका नेतालाई प्रधानमन्त्री ओलीले भने : कसरी जाने भनेर दुई अध्यक्ष बसेर टुंगो लगाउँछौँ

कर्णाली प्रदेशका नेतालाई प्रधानमन्त्री ओलीले भने : कसरी जाने भनेर दुई अध्यक्ष बसेर टुंगो लगाउँछौँ

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १०:३३,

 प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेशका नेकपाका नेताहरुबीच छलफल भएको छ।

नेकपाका कर्णाली प्रदेश दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वास प्रस्ताव राख्ने र पछि फिर्ता लिने नेतासँग प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल गरेका हुन्।

बिहान ११ः ३० देखि सुरु भएको छलफल २ः३० सम्म चलेको  प्रदेशका सांसद चन्द्रबहादुर शाहीले बताए। ‘हामी सबैले घटनाको बारेमा सबै कुरा राख्यौं, सांसद शाहीले भने, ‘प्रधानमन्त्रीले सुन्नुभयो र दुई अध्यक्ष बसेर कसरी जाने सल्लाह गरेर टुंगो लगाउछु भन्नू भयो, अरु केही भन्नुभएन।’

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको नेतृत्व गर्ने सांसद यमलाल कँडेललाई त्यसो गर्न नहुने भनेर सम्झाएका थिए। ‘अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेललाई त्यसो गर्न नहुने त्यो फिर्ता लिने कुरा भैहाल्यो भनेर प्रधानमन्त्रीले भन्नुभयो’, उनले भने, ‘हामी ७/८ जनाले फिर्ता लिने निर्णय गरेकाले अविश्वास प्रस्ताब तुहिइसक्यो तर कँडेलले फिर्ता लिने कुरा गर्नु भएको छैन।’

बालुवाटारमा भएको छलफलमा प्रदेशका इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष, सचिव, मुख्यमन्त्री शाही तथा सांसदहरू उपस्थित भए पनि कार्यकारी अध्यक्ष प्रचण्ड भने सहभागी नभएको उनले बताए । ‘अध्यक्ष प्रचण्ड आउनु भएन, हिजो उहाँले नेताहरूसँग छलफल गर्नु भएको थियो, सायद त्यही भएर हो कि के हो?’, सांसद शाहीले थपे।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि कर्णाली प्रदेशमा देखिएको विवाद समधानका लागि अध्यक्ष ओली र प्रचण्डले दुवै पक्षका नेतालाई काठमाडौँ बोलाएका थिए।

निलम्बित नेकपा कर्णाली प्रदेशका दलका प्रमुख सचेत गुलाबजंग शाहले आफूहरुले कर्णालीमा चुलिएको संकटकै कारण अविश्वास प्रस्ताव ल्याउनु परेको प्रस्ट जानकारी गराएको बताए।

‘हामीले कर्णालीको समस्या राख्दै अविश्वास प्रस्ताव ल्याउनु पर्नाको कारण पनि राख्यौं, प्रधानमन्त्रीले सुन्नु भयो र २/४ मिनेट आफ्ना धारण पनि राख्नु भयो’, शाहले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री र महासचिव विष्णु पौडेल पनि बालुवाटारको हाम्रो छलफलमा हुनुहुन्थ्यो। हामी छिटोभन्दा छिटो निर्णय गर्छौ तपाईंहरु कतै नजानुस् भन्नुभयो।’

प्रदेशका अध्यक्ष गंगाराम बोगटी, सचिव मायाप्रसाद शर्मालगायत नेताहरूले पनि समस्या समाधान गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .