ad ad

राजनीति


भारी मतका साथ दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन

भारी मतका साथ दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १०:२६,

भारी मतका साथ जासिन्डा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचिन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सीएनएनका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ।

विपक्षी नेसनल पार्टीले २७ प्रतिशतभन्दा कम मत पाउने प्रक्षेपण गरिएको छ। जासिन्डा आर्डेनले कोरोना भाइरसलाई नियन्त्रण गर्न देशमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

कोरोनाको संक्रमणलाई शुन्यमा झार्ने पहिलो राष्ट्रपनि न्युजिल्यान्ड नै हो। हालसम्म न्युजिल्यान्डमा २ हजारभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .